गोकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ जना पक्राउ


७ चैत्र २०७६, शुक्रबार


काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।

पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस