कर्मचारीले नटेरेको भन्दै मुख्यमन्त्री सभामुखसहित काठमाडौँ आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीले नटेरेको भन्दै मुख्यमन्त्री सभामुखसहित काठमाडौँ आउँदै


६ चैत्र २०७६, बिहिबार


जनकपुर । कर्मचारीले नटेरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, सबै मन्त्री, प्रमुख प्रतिपक्षसमेत सबै दलका नेता र प्रमुख सचेतकलगायत टोली सङ्घीय सरकार समक्ष डेलिगेसनका लागि आउने भएको छ ।

सङ्घीय सरकारले पठाउने कर्मचारी समयमा नपुग्ने र पुगे पनि प्रदेश सरकारलाई असहयोग मात्रै गर्ने गरेको गुनासो मुख्यमन्त्री राउतको छ ।

बुधवार कर्मचारीले अटेर गरेको भन्दै मुख्यमन्त्री राउतले सभामुख यादव र प्रमुख प्रतिपक्षी दलका नेतासहितलाई सहयोग गर्न आग्रह गरेका थिए ।

बिहीबार राउतकै पहलमा सभामुख सहितको उपस्थितिमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली वा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलगायत सरोकारवालालाई अवगत गराउन डेलिगेसन जाने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस