वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे


६ चैत्र २०७६, बिहिबार


हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। विसं २०४० मा तत्कालीन अनेरास्ववियु (पाँचौँ) नुवाकोट अध्यक्ष बनेका पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बनेका थिए ।

पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव बनेका थिए । तत्कालीन नेकपा (एमाले) को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव थिए । पाण्डे तत्कालीन नेकपा (माले)को पाँचौँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि थिए ।

यसअघि मुख्य सचेतक रहेका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस