स्वास्थ्यकर्मीको समायोजन र पदस्थापन रोकियो, करारका कर्मचारी म्याद थप्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मीको समायोजन र पदस्थापन रोकियो, करारका कर्मचारी म्याद थप्ने


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन तथा पदस्थापन भएका स्वास्थ्यकर्मीको रमाना रोक्ने निर्णय गरेको छ ।

बुधवार मन्त्री स्तरीय निर्णय गर्दै हाल समायोजन भई कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई समायोजन र पदस्थापन भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलवभत्ता खानेगरी कामकाज लगाउन भनेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस(कोभिड–१९)लाई महामारी घोषणा गरिसकेको र छिमेकी मुलुकमा यसको प्रभाव परिसकेकोले नेपालमा सङ्क्रमण हुन नदिन र विस्तार रोक्न भन्दै विभिन्न तीन वटा निर्णय गरेको मन्त्रालयले अधिकृत सातौँ स्तर सम्मका सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई कामकाज खटाउने अधिकार स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई दिने निर्णयसमेत गरेको छ ।

त्यसै गरी करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई चालु आर्थिक वर्षसम्म तलब भत्ताको आवश्यक व्यवस्था गरी म्याद थप गर्ने अधिकार विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्णय भएको छ ।

हेर्नुहोस् निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस