विश्वविद्यालयका परीक्षा पनि रोकियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वविद्यालयका परीक्षा पनि रोकियो


प्रशासन विशेष ब्युरो

५ चैत्र २०७६, बुधबार


 

काठमाडौँ । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठकले सुझाव दिएपछि एसइई परीक्षा स्थगित भइसकेको छ ।

सम्बन्धित समाचार : नेकपा सचिवालयको सुझाव : चैतमा हुने सबै परीक्षा स्थगित गरौ !

विश्वविद्यालयको परीक्षासम्बन्धीमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको केही घण्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस