नेकपा सचिवालयको सुझाव : चैतमा हुने सबै परीक्षा स्थगित गरौ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालयको सुझाव : चैतमा हुने सबै परीक्षा स्थगित गरौ !


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । नेकपा सचिवालय बैठकले विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्न सुझाव दिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो । सरकारले अन्तिम समयमा एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

बुधबार कोरोना भाईरस(कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस