सौराहामा बन्ने भयो रु ३५ करोडको लगानीमा सिटीहल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सौराहामा बन्ने भयो रु ३५ करोडको लगानीमा सिटीहल


५ चैत्र २०७६, बुधबार


चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ ।

रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताए । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए ।

सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पु¥र्‍याउने उनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण शुरु गरेको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण, उपप्रमुख विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस