एसईई परीक्षा नरोकिने, परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईई परीक्षा नरोकिने, परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने


४ चैत्र २०७६, मंगलबार


काठमाडौँ । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) नरोकिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एसईई परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका हुन्।

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ।

एक अपिल जारी गर्दै मन्त्री पोखरेलले सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको बताएका छन् । उनले प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको बताएका छन्।

विद्यार्थीहरूलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस