कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह


४ चैत्र २०७६, मंगलबार


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिए ।

पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । काँग्रेस काठमाडौँका सभापति सबुज(कृष्ण) बानियाँले जनताको पक्षमा काँग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्नसक्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस