प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत


४ चैत्र २०७६, मंगलबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकको सर्वसम्मतिले पुनःपारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस