सागका विजेतालाई पुरस्कार कहिले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सागका विजेतालाई पुरस्कार कहिले


४ चैत्र २०७६, मंगलबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन् ।

सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गरेका पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गरे ।

सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस