२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित

अ+ अ-

बैतडी । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।

पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन् । यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा पाँच हजार ६९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । उनका अनुसार नियमिततर्फ दुई हजार ५५३ छात्र र दुई हजार ६४५ छात्रा गरी पाँच हजार १९८ परीक्षार्थी रहेका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ १७५ छात्र र ३२१ छात्रा गरी जम्मा ४९६ परीक्षार्थी रहेका छन् । यस्तै प्राविधिक धारतर्फ नियमित र ग्रेड वृद्धि गरी जम्मा १२४ जना परीक्षार्थी रहेका छन् । यसमा ९१ छात्र र ३३ छात्रा रहेका सूचना अधिकारी शर्माको भनाइ छ । चैत ६ गतेबाट सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेड वृद्धि गर्ने र प्राविधिक धारका विद्यार्थीको परीक्षा भने वीरेन्द्र मावि शाहीलेकमा हुने शर्माले बताए ।

जिल्लाभित्र रहेका ११९ सामुदायिक विद्यालय चारवटा संस्थागत र एक खुल्ला गरी कूल १२४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएका छन् ।

प्रतिक्रिया दिनुहोस