ताज महल बन्द गर्ने भारत सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ताज महल बन्द गर्ने भारत सरकारको निर्णय


४ चैत्र २०७६, मंगलबार


नयाँ दिल्ली । भारतले प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ताज महल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको त्रास बढेपछि सरकारले मायाको प्रतीकका रूपमा लिइने ताज महल बन्द गर्ने निर्णय गरेको हो ।

ताजमलहको अनुगमनका लागि दैनिक हजारौँ मानिसहरू आउने भएकोले उनीहरूबाट कोरोनाको सङ्क्रमण फैलिने खतरा बढेपछि यस्तो निर्णय लिएको भारतका संस्कृति मन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् ।

‘मायाको प्रतीक ताज महल दैनिक हजारौँ मानिसले भ्रमण गर्ने गरेका छन् । यहाँ आउने मानिसबाट कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भएकाले बन्द गर्न अनिवार्य थियो,’ भारतीय संस्कृति मन्त्री पट्टेललाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

ताज महल भारतको मात्रै नभएर विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ औसतमा दैनिक ७० हजार मानिसले अवलोकन गर्ने बिबिसी समाचारमा उल्लेख छ ।

ताज महलसँगै अन्य म्युजियम, सांस्कृतिक सम्पदा पनि भारतले बन्द गरेको छ । संस्कृति मन्त्री प्रह्लाद पट्टेलका अनुसार ३१ मार्चसम्म बढी चहलपहल हुने म्युजियमलगायतका सम्पदाहरू बन्द रहने छन् । ३१ मार्चपछि यसबारे समीक्षा गर्ने उनको भनाइ छ ।

विश्व महामारीकै रूपमा फैलिएको कोरोनाबाट भारतमा हालसम्म २ जनाको ज्यान गइसकेको छ भने १ सय १४ मानिसमा यसको लक्षण देखा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस