प्रदेश २ को राजधानी तथा नामको विषयमा आज मतदान हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ को राजधानी तथा नामको विषयमा आज मतदान हुँदै


४ चैत्र २०७६, मंगलबार


जनकपुरधाम । प्रदेश नंं २ को राजधानी तथा नामको विषयमा प्रदेशसभामा आज (मंगलबार) विहान ८ः०० बजेदेखि मतदान हुँदैछ ।

प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भए पनि प्रदेशको नाउँको विषयमा सहमती हुन नसक्दा अन्तिम निर्णयका लागि प्रदेशसभामा मतदान हुन लागेको हो ।

प्रदेश–२ को प्रदेशसभा सचिवालयमा दत्र्ता भएको राजधानी तथा नामको विषयमा मतदान हुने भएपछि दलहरुले आ-आपना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरेका छन् ।

प्रदेशको नाम राख्ने विषयमा समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी वा जनक प्रदेश तथा नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ ।

प्रदेश नंं २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , नेपाली काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरेर १ सय ७ जना मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस