प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किए


२ चैत्र २०७६, आइतबार


काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार त्रिवि शिक्षण अस्पतालमा पेटबाट स्टेन्ट निकालिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित जाँचका लागि आइतबार अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालिपछि बालुवाटार फर्किनुभएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले बताए । ओलीको स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै उनको स्वास्थ्यलाई अझै सामान्य बताउनका लागि आरामको जरुरी भएको उनले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा ९ दिनसम्म बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस