यी हुन् निक्षेप घटेका १३ बैंक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन् निक्षेप घटेका १३ बैंक


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७६, आइतबार


काठमाडौँ । १३ वटा वाणिज्य बैंकको कुल निक्षेप घटेको छ ।

बचत खातामा उच्च दरमा निक्षेप घट्न थालेपछि २७ वाणिज्य बैंकमध्ये माघ महिनामा सो सङ्ख्यामा निक्षेप घटेको हो ।

त्यसरी निक्षेप घट्ने बैंकमा कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, एभरेस्ट बैंक, मेगा बैंक, नेपाल बङ्गलादेश बैंक, सिभिल बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंक छन् ।

त्यसमध्ये, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी ४ अर्व, प्रभु, सिद्धार्थ, एनएमबि र एनआईशी एसियाको २ अर्व, एभरेस्ट, मेगा, नेपाल बङ्गलादेश, सिभिल र एनसीसी बैंकको १ अर्व भन्दा माथि तथा लक्ष्मी र माछापुच्छ्रे बैंकको १ अर्व भन्दा कमले उक्त निक्षेप घटेको हो ।

बाँकी १४ बैंकमध्ये ग्लोबल आईएमई बैंक, नबिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सेञ्चुरी बैंक र प्राइम कमर्शियल बैंकले निक्षेप विस्तार गरेका छन् । जसमध्ये ग्लोबल आईएमई बैंकको निक्षेप ५ अर्व भन्दा धेरैले वृद्धि भएको छ भने नबिल बैंकले ४ अर्ब र सनराइन बैंकले ३ अर्व भन्दा बढीको निक्षेप विस्तार गरेका छन् ।

त्यस्तै, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमान्डु, कृषि विकास, इन्भेस्टमेन्ट र सानिमा बैंकले २ अर्व भन्दा बढीको निक्षेप वृद्धि गरेका छन् भने नेपाल एसबीआई बैंक र हिमालयन बैंकको निक्षेप १ अर्वको रेञ्जमा त्यस्तो निक्षेप विस्तार गरेका छन् । सेन्चुरी र प्राइम कमर्शियल बैंकको भने १ अर्व रुपैंयाभन्दा कम मात्रै निक्षेप विस्तार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस