तत्काल सेना नपठाउन सेनालाई संयुक्त राष्ट्रसंघको पत्र, रोकियो ७ सय तयार सैनिकको यात्रा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तत्काल सेना नपठाउन सेनालाई संयुक्त राष्ट्रसंघको पत्र, रोकियो ७ सय तयार सैनिकको यात्रा


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ।

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै राष्ट्रसंघले मिसनमा नपठाउन गरेको आग्रहपछि यसै महिना मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ।

राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो।

राष्ट्रसंघको यो निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यविधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि मात्रै त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्।

नेपाली सेनाले राष्ट्रसंघको आग्रहमा कंगो, सुडान, दक्षिणी सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस