अदालतका कर्मचारी दुई लाख घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अदालतका कर्मचारी दुई लाख घुससहित रंगेहात पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार


बुटवल । कपिलवस्तु जिल्ला अदालतका कर्मचारी विश्वनाथ कुर्मी (चौधरी) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले करारमा कार्यरत दोभासे कुर्मीलाई सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

अदालतमा विचाराधीन ठगी मुद्दा सहजीकरण गरिदिने नत्र मुद्दा बिगारी दिने डर धम्की देखाई बारम्बार रिसवत मागिरहेको भन्ने सेवाग्राहीको उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट २ लाख रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई सवा ३ बजेको समयमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका, वडा नं १ स्थित महामाया प्रेस, गौढीचोक, तौलिहवाबाट रङ्गे हात पक्राउ गरिएको आयोगको कार्यालय बुटवलले जनाएको छ ।

उनी केही महिना अघि मात्रै शाखा अधिकृत पदबाट अवकाश पाई हाल दोभासेको रूपमा कार्यरत रहेको बुझिएको छ । उनी माथि थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस