कोरोनासम्बन्धी जानकारी चाहिए १११५ मा कल गरेर बुझ्‍न सकिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनासम्बन्धी जानकारी चाहिए १११५ मा कल गरेर बुझ्‍न सकिने


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई कोरोनासम्बन्धी जानकारी दिन १११५ को हटलाइन नम्बर राखेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार शुक्रबार ११ बजेदेखि यो सेवा सञ्चालनमा आउनेछ ।

साथै, मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सर्भिलेन्स अफिसर परिचालन गर्ने भएको छ। त्यसका लागि जनस्वास्थ्यका १८ स्वास्थ्यकर्मीलाई तालिम दिएर सर्भिलेन्स अफिसरको जिम्मेवारी दिइएको जानकारी उनले बताए ।सर्भिलेन्स अफिसरहरुलाई कसरी काम गर्ने भन्‍ने विषयमा उनीहरू सबैलाई तालिम समेत दिइसकेको उनले बताए ।

सर्भिलेन्स अफिसरले कुनै व्यक्तिमा कोरोनाको आशंका लागेमा विमानस्थल, होटल र घरसम्मको विस्तृत विवरण राखेर विशेष निगरानी गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस