२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको बेँसीशहर नगरपालिका–७ मा रहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा विभिन्न समस्या हुँदै आएको छ ।

संघीयता कार्यान्वयनमा आएसँगै पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ हेर्ने गरी स्थापना गरी सञ्चालनमा आएको सो अस्पतालमा कर्मचारी अभावका कारण दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो ।

तत्कालीन (साबिक) जिल्ला पशु सेवा कार्यालयका रुपमा रहेको उक्त कार्यालय संघीयता कार्यान्वयनमा आएसँगै प्रदेश सरकारको मातहतमा रहेको छ । यस अस्पतालमा कर्मचारी अभावका कारण सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन् ।

त्यस्तै विज्ञ केन्द्रका प्रमुखलगायत कर्मचारीलाई नै काम गर्न कठिन भइरहेको विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए । उनका अनुसार १२ जनाको दरबन्दी रहे पनि हाल दुईजना मात्रै कर्मचारी छन् । दरबन्दीमा अस्पतालका लागि एक पशु विकास अधिकृत, एक पशु चिकित्सक अधिकृत, एक पशु सेवा स्वास्थ्य प्राविधिक, एक पशु सेवा प्राविधिक, एक नायब पशु स्वास्थ्य प्राविधिक र एक लेखापाल खाली रहेको विज्ञ केन्द्रका प्रमुख डा.श्रेष्ठले बताए ।

विशेषगरी कर्मचारी नहुँदा प्रत्यक्ष र अप्रत्यक्ष दुवैमा सेवाग्राहीलाई समेत समस्या भइरहेको उनको भनाइ छ । सेवाग्राहीको घरदैलोमा जानलाई फिल्ड समस्यादेखि कार्यालयमा काम गर्नसमेत कठिन अवस्थामा गुज्रिरहेको उक्त विज्ञ केन्द्रले जनाएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीले प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन् ।

कर्मचारी अभावका कारण समस्या र कर्मचारी आवश्यक भएको भन्दै बेलाबेला सम्बन्धित मन्त्रालय र निकायमा जानकारी गराए पनि सुनुवाइ हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस आर्थिक वर्षको शुरुआतबाटै कर्मचारी अभाव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस