संसद र विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद र विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेका छन् । कोरोना भाइरसले विश्वब्यापी माहाहारीको रुप लिएकाले संसद बैठक स्थगित गर्न माग गरेका हुन् ।

कांग्रेस सांसद भिमसेनदास प्रधानले कोरोना भाइरस प्रकोपले माहामारीको रुप लिइसकेकाले संसद बैठक चलाउनुको औचित्य नभएको बताए । उनले भने, ‘कोरोनाले विश्व नै त्रस्त भइरहेका बेला संसदलाई निरन्तरता दिनुको कुनै तुक छैन ।’

सांसद प्रधानले सांसदहरुलाई नै संक्रमणको त्रास भएको बताए । ‘यस्तो ठाउँमा संक्रमण फैलिने सम्भावना बढी हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ’, सांसद प्रधानले भने ।

कांग्रेसका अर्का सांसद भरत शाहले पनि संसद स्थगित गर्न आग्रह गरे । उनले संसद मात्रै नभएर विद्यालय पनि बन्द गर्न माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस