कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षक पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  बुधबार कार्यालयका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममा नियन्त्रणमा लिएको हो।

नायब सुब्बा पन्थीले अभिलेख अध्यावधिक गर्नका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।

सोही अनुसन्धानबाट टंगालबाट खटिएको टोलीले नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठबीच पाँच हजार लिने/दिने क्रममा रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ।

अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस