प्रचण्डले भेटे राष्ट्रपति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डले भेटे राष्ट्रपति


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।

दिउँसो करिब दुई बजे शितलनिवास पुगेका दाहालले करिब एक घण्टा राष्ट्रपतिसँग भेट गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, नेकपामा देखिएको राजनीतिक खिचातानी तथा वर्तमान अवस्थामा विश्वव्यापीरुपमा चर्चामा रहेको कोरोना भाइरस प्रकोपलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली अहिले त्रिवि शिक्षण अस्पतालमै रहेका बेला प्रचण्डले राष्ट्रपतिसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस