चेक बाउन्सको आरोपमा पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चेक बाउन्सको आरोपमा पक्राउ


प्रशासन संवाददाता

२८ फाल्गुन २०७६, बुधबार


पक्राउ

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए ।

पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो ।

गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए । गुरागाईंले दिएको रु तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस