कर्मचारी नभेटिँदा रेल सेवा अनिश्चित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी नभेटिँदा रेल सेवा अनिश्चित


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ ।

रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।

रेल्वे कम्पनीले रेल सेवा सञ्चालनका लागि २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन मागेपनि आवेदनको अन्तिम म्यादसम्म एक जनाले पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस