कतारका लागि श्रम स्वीकृति बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कतारका लागि श्रम स्वीकृति बन्द


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । कतारका लागि श्रम स्वीकृति बन्द भएको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो ।

कतार जान अनुमति पाएका ३ हजार कामदारलाई हालका लागि विदेश जानबाट रोकिएको छ ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदेश जान अनुमति दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस