सांसद रावललाई थप ७ दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद रावललाई थप ७ दिन थुनामा राख्न अनुमति


२६ फाल्गुन २०७६, सोमबार


धनगढी । बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी कैलालीका अनुसार सांसद रावल विरुद्ध धनगढीकी २५ वर्षीय एक विवाहित महिलाले बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सांसद रावललाई फागुन २१ गतेदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले यसअघि पहिलो पटक अदालतबाट ४ दिनको म्याद लिएको थियो ।

अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका रावल नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस