२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

अ+ अ-

विरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको हो । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्न लागिएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

‘डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउँछ’, उनले भने,’अघिल्लो शैक्षिक सत्रका १५० छोरीबुहारीका साथै चालू शैक्षिक सत्रमा थप १०० लाई छात्रवृत्ति प्रदान गछौँ ।’ प्रदेश सरकारले छोरीबुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा रु एक करोड छुट्याएको छ । प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी भएको मन्त्री रावलले बताए ।

उनले भने, ‘यसलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौ ।’ अघिल्लो वर्ष छात्रवृत्ति प्राप्त गरेका छोरीबुहारी अहिले विभिन्न कलेजमा पढ्दै गरेका मन्त्री रावलले बताए । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले छोरीबुहारी छात्रवृत्तिका लागि रु एक करोड ३० लाख ३६ हजार १०० छुट्याइएको थियो । अध्ययन सकेपछि छोरीबुहारी प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ ।

यसका लागि प्रदेश सरकाले छात्रवृत्ति प्राप्त गरेकासँग लिखित सम्झौता गरेको छ । प्रदेश सरकारले एक जनालाई न्यूनतम रु ६६ हजारदेखि रु एक लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ । प्रदेश सरकारले छोरीबुहारीका निम्ति गरेको लगानी प्रभावकारी देखिनुका साथै कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढेको मन्त्री रावलको भनाइ छ । कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी उत्र्तीण हुनुपर्ने छ ।

त्यसैगरी कर्णालीको स्थानीय बासिन्दा हो भन्ने स्थानीय तहले सिफारिस गर्नुका साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकालाई मात्रै यो कार्यक्रममा समावेश गरिने छ । अनाथ, असाहयका हकमा भने निजी शैक्षिक संस्थाबाट एसइई उत्र्तीण गरेकाले पनि छात्रवृत्ति पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस