लोक सेवा तयारी वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा तयारी वस्तुगत प्रश्नोत्तर


प्रशासन संवाददाता

२२ फाल्गुन २०७६, बिहिबार


लोक सेवा तयारी

१. पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ?
 विक्रम संवत् २०७६ फागुन १९

२. पन्ध्राँै आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ?
 १८

३. सातौँ टी–२० महिला क्रिकेटको आयोजक राष्ट्र कुन हो ?
 अस्ट्रेलिया

४. राष्ट्रिय परिचयपत्र पाउनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
 १६ वर्ष

५. नेपालको इतिहासमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
 सिद्धिनरसिंह मल्ल

६. मलेसियाको प्रधानमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
 मोहिइद्दिन यासिन

७. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी २५

८. अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी

९. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन भनी कसलाई चिनिन्छ ?
 विस्मार्क

१०. विद्युत् धाराको आधारभूत एकाइ एम्पियर (ए) हो भने तापक्रमको आधारभूत एकाइ के हो ?
 केल्भिन (के)

११. प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुई माध्यम छुट्टिने बिन्दुबाट बाङ्गिएर जाने क्रियालाई के भनिन्छ ?
 प्रकाशको आवर्तन

१२. ‘कुशल शासकहरू भविष्यको सोचाइ गर्छन् तर नेताहरूलाई चुनावको मात्र चिन्ता हुन्छ’ भन्ने विचारक को हुन् ?
 अब्राहम लिङ्कन

१३. सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई कहिले–कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरियो ?
 क्रमशः सन् १९७९ र सन् १९८४

१४. नेपालमा निःशुल्क प्रसूति सेवा कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 विसं २०६५ माघ १

१५. नेपालको पहिलो दूतावास कहाँ खोलिएको थियो ?
 बेलायत

१६. नेपाल कति डिग्री अक्षांश र देशान्तरबीच अवस्थित छ ?
 २६ डिग्री र २२ उत्तरी अक्षांशदेखि ३० डिग्री २७ उत्तरी अक्षांश र ८० डिग्री ४ पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ पूर्वी देशान्तरबीच

१७. इन्द्रसरोवर कहाँ पर्छ ?
 मकवानपुर

१८. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
 मोहन कोइराला

१९. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
 विसं २०७४ साउन १ गते

२०. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
 शुक्ल पक्ष

२१. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
 सेन्सस गोश्वारा

२२. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?
 सन् १९७४ मे

२३. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?
 एन्जियोप्लास्टी

२४. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति समयको अन्तरालमा आयोजना गरिन्छ ?
 प्रत्येक १० वर्ष

२५. नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम व्यक्ति को हुन् ?
 वासुदेव त्रिपाठी

२६. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
 बुचो

२७. लियोनार्दो दा भिन्चीको सबैभन्दा चर्चित सिर्जना कुन हो ?
 मोनालिसा

२८. लोकसेवा आयोगको प्रतीक चिह्नमा उल्लिखित नारा के हो ?
 योग्यता, निष्पक्षता, स्वच्छता

२९. ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?
 सन् २०१४ जुलाई १५

३०. गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
 सन् १९५५ अगस्ट २७

गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस