तीन हजार घुससहित मालपोतका नासु रंगेहात पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन हजार घुससहित मालपोतका नासु रंगेहात पक्राउ


२२ फाल्गुन २०७६, बिहिबार


अख्तियार

काठमाडौं । मालपोत कार्यालय लेखनाथ कास्कीका नायब सुब्बा तीन हजार घुसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा दिपक सुवेदीलाई सेवा ग्राहीबाट तीन लाख घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

सुवेदीले सेवाग्राहीको नाममा रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण लगरिदिने भनी विभिन्न बाहानामा घुस माग गरेको उजुरीको आधारमा कार्यालय नजिकैबाट आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

निज सुवेदीलाई घुससहित नियन्त्रणमा लिइ आनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस