कोरोना संक्रमणको आशंकामा दुईजना टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणको आशंकामा दुईजना टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९)को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ ।

कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

बास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

कोरोना संक्रमणको आशंकामा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस