अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

उनको राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस