महिला शङ्कास्पद अवस्थामा मृत फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला शङ्कास्पद अवस्थामा मृत फेला


२० फाल्गुन २०७६, मंगलबार


महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

राकेश झाँकी पत्नी कञ्चन झा आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अस्वभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आफुहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ । परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस