२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले नारितामा व्यावसायिक उडान शुरु गर्दै

अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबारदेखि पहिलो पटक जापानको नारितामा चन्द्र र सूर्य अङ्कित राष्ट्रिय ध्वजावाहक विमानको व्यावसायिक उडान शुरु गर्ने भएको छ । निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौँ–नारिता उडान गर्न लागेको हो ।

‘नेपाली नागरिक र पर्यटकलाई ओसाका विमानस्थल टाढा भयो’, निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, ‘टोकियो नजिकैको नारिता विमानस्थलमा पहिलो व्यावसायिक उडान शुरु गर्न लागिएको हो, नेपाली धेरै बस्ने भएकाले सहज हुन्छ ।’ जापानमा रहेका नेपालीका लागि आउजाउ गर्न नारिता उडानले सहज हुने देखिएको छ ।

नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भनिन्, ‘काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले अग्रिम बुकिङ गरिसकेका छन् भने उताबाट आउने २६८ जनाले टिकट लिएका छन् ।

काठमाडौँ–नारिता उडानका लागि निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । काठमाडौँबाट राति १ः२५ बजे उडान गरेको जहाज स्थानीय समयअनुसार ११ः०० बजे नारिता अवतरण गर्नेछ भने नारिताको समयअनुसार दिउँसो १ बजे उडान गरेको जहाज नेपाली समयअनुसार १८ः२५ बजे अवतरण हुनेछ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा ‘प्रमोशनल फेयर’अन्तर्गत यो भाडादर सार्वजनिक गरे पनि भाडादर परिवर्तन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले ‘सेडुल’ उडान शुरु गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस