नेपाल विद्यार्थी संघद्वारा डोटीमा विरोध प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल विद्यार्थी संघद्वारा डोटीमा विरोध प्रदर्शन


१८ फाल्गुन २०७६, आइतबार


डोटी । नेपाल विद्यार्थी संघ डोटीले सरकारका विरुद्ध डोटी बहुमुखि क्याम्पस डोटी अगाडी विरोध सभा गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यपालिका सार्वजनिक गर, इन्धनमा लगाएको अतिरिक्त कर तत्काल फिर्ता गर, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर, पुस्तक माथि लगाएको आयात कर खारेज गर, सुरक्षण प्रिन्टिङ प्रेस कमिसनमा मुछिएका निवर्तमान सञ्चार मन्त्री एवं सरकारका प्रवक्तालाई तत्काल छानबिन गरी कारबाही गर लगायतका माग सहित प्रदर्शन पश्चात् कोष सभामा परिणत गरेको नेपाल विद्यार्थी संघ डोटी क्याम्पस इकाई सभापति भरत बोगटीले बताए ।

कोष सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्काले सरकारका गतिविधिका कारणले देशमा दिनानु दिन भ्रष्टाचार बढी रहेको आरोप लगाए । सरकारका उच्च पदमा रहेका व्यक्ति र मन्त्रीहरूबाट नै लज्जास्पद घटना एक पछि अर्को भईरहनाले सरकारबाट विकास र समृद्धिको आस गर्न नसकिने समेत बताए ।

अहिलेको सरकारले विद्यार्थी हरूको ढाड सेक्ने गरी पुस्तकमा कर लगाएकोले आन्दोलनमा उत्रिन बाध्य पारेको नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । उनले भने जबसम्म सरकारले पुस्तक माथि लगाएको १० प्रतिशत कर खारिज गरिँदैन, स्वबियूको निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैन तब सम्म आन्दोलनलाई सशक्त गरिने समेत अध्यक्ष खड्काले बताए ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आज देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल विद्यार्थी संघले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस