काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ।
मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रधानमन्त्रीले आइतबार बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए।
आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरण गरिनेबारे जानकारी गराएका थिए।