कोरोनाबारे प्रधानमन्त्रीको चाँसो : रोकथामका लागि उच्च सतर्कता अपनाउने बालुवाटार बैठकको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाबारे प्रधानमन्त्रीको चाँसो : रोकथामका लागि उच्च सतर्कता अपनाउने बालुवाटार बैठकको निर्णय


१८ फाल्गुन २०७६, आइतबार


baithak

काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशहरूसम्म देखिएपछि सरकारले मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले समेत नेपाललाई उच्च जोखिममा राखेको तथा मुलुकमा बढी आउजाउ हुने चीनबाहेकका अरू देशमा समेत कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका हुन्।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसहित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने तयारी गरेको छ । सहभागी एक मन्त्रीका अनुसार बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमासमेत छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले समितिलाई कोरोना रोकथामका लागि आवश्यक निर्णय गर्ने अख्तियारीसहितको निर्देशनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक चिकित्सक र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिएका छन्।

यससँगै प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक उपकरण, ल्याब, किट तथा औषधिको पर्याप्त भण्डारण गर्नसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस