नक्कली लाइसेन्सको कारोबारमा संलग्न एक महिला पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली लाइसेन्सको कारोबारमा संलग्न एक महिला पक्राउ


१५ फाल्गुन २०७६, बिहिबार


जनकपुरधाम । नक्कली लाइसेन्स कारोबारमा संलग्न एक महिला पक्राउ परेकी छन् ।

जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्र नक्कली लाइसेन्सको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेकी हुन् ।

उनले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा गत माघ २९ गते प्रहरी चेकिङ्गमा परी आफ्नो लाइसेन्स देखाउँदा उनको लाइसेन्स नक्कली भएको फेला परेको थियो । त्यस क्रममा कुसवाहाले आफूसँग ५ हजार रकम लिएर चन्दनले नक्कली लाइसेन्स दिएको प्रहरीसमक्ष बताएका थिए ।

कुसवाहाले चार जनासँग मिश्रले रु ६० हजारका दरले रकम लिएको बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा जिल्ला अदालतबाट चार दिनको म्याद लिई मिश्रविरुद्व थप अनुसन्धान शुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस