लोक सेवा : विषयगत प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा : विषयगत प्रश्नोत्तर


१४ फाल्गुन २०७६, बुधबार


१. नेपालमा सामाजिक सुरक्षा भत्ताका रूपमा के–कस्ता भत्ताहरू वितरण गरिएको छ ? उल्लेख गर्नुहोस् ।
– नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा लिई
तोकिएका नागरिकलाई सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । यही व्यवस्थाअनुसार सामाजिक सुरक्षा ऐन–२०७५ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । सामाजिक सुरक्षालाई व्यवस्थित गर्न तर्जुमा गरिएको यस ऐनले नेपालमा हाल मासिक रूपमा वितरण हुँदै आएका देहायका सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ :
१. ज्येष्ठ नागरिक भत्ता, (दलित र एकल महिला ६० वर्ष पूरा र अन्य नागरिक ७० वर्ष पूरा),
२. विपन्न नागरिक भत्ता,
३. अशक्त र असहाय भत्ता,
४. असहाय एकल महिला भत्ता,
५. अपाङ्गता भत्ता,
६. बालपोषण भत्ता, (अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष पूरा नगरेका बालबालिका),
७. स्याहार भत्ता, (आफ्नो हेरचाह आफैँ गर्न नसक्ने),
८. लोपोन्मुख जाति भत्ता, (राउटेसहित दस लोपोन्मुख जाति) ।

२. नेपालको कर प्रणालीका समस्याहरू के–के हुन् ? लेख्नुहोस् ।
– कर नीति, कर कानुन, कर प्रशासन तथा कर संरचनाको एकीकृत रूप कर प्रणाली हो । नेपालको कर प्रणाली यिनै विषयवस्तुमा केन्द्रित छ र समस्या पनि यिनै विषयसँग सम्वन्धित छन् । जसलाई निम्नानुसार लेख्न सकिन्छ
– कर नीति स्थिर तथा अनुमानयोग्य हुन नसक्नु,
– कर कानुन सरल एवम् पारदर्शी हुन नसक्नु,
– कर कानुनको पूर्ण पालना हुन नसक्नु,
– कर प्रशासन जिम्मेवार, जवाफदेही, पारदर्शी, आधुनिक, करदातामैत्री एवम् उच्च मनोबलयुक्त हुन नसक्नु,
– कर प्रशासनसँग सम्बन्धित निकाय जस्तै; भन्सार, आन्तरिक राजस्व तथा राजस्व अनुसन्धान कार्यालयबीच पर्याप्त समन्वय हुन नसक्नु,
– कर चुहावट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,
– नेपाल र भारतबीचको खुला सिमाना व्यवस्थित हुन नसक्नु, जसले गर्दा राजस्व चुहावट निरन्तर बढ्दै जानु,
– राजस्व आयात व्यापारमा आधारित हुनु,
– राजस्वमा प्रत्यक्ष करको अंश कम हुनु,
– मूल्य अभिवृद्धि कर खुद्रा तहसम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नु,
– करदातामा सहज रूपमा कर तिर्ने प्रवृत्तिको विकास हुन नसक्नु,
– उपभोक्ताहरू कर साक्षर एवम् जागरुक हुन नसक्नु,
– कर परीक्षण एवम् अनुसन्धान कार्य उद्देश्यमूलक हुन नसक्नु,
– राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नु ।

३. उपभोक्ताको अधिकारहरू के–के हुन् ? लेख्नुहोस् ।
– गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्न तर्जुमा गरिएको उपभोक्ता संरक्षण ऐन–२०७५ ले उपभोक्ताको अधिकारहरूको व्यवस्था गरेको छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– वस्तु तथा सेवामा सहज पहुँचको अधिकार,
– स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु तथा सेवाको छनोट गर्न पाउने अधिकार,
– वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण, शुद्धता आदिबारे सूचित हुने अधिकार,
– उत्पादित वस्तुमा त्यस्तो पदार्थको मात्रा, तत्व वा प्रतिशतको जानकारी पाउने अधिकार,
– हानि–नोक्सानी पुर्‍याउने वस्तु तथा सेवा बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार,
– अनुचित व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउने अधिकार,
– वस्तु तथा सेवाको प्रयोगबाट भएको हानि–नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
– उपभोक्ताको हक–हित संरक्षण गर्न उपचार पाउने वा सुनुवाइ हुने अधिकार,
उपभोक्ता शिक्षा पाउने अधिकार ।

४. राजनीति र प्रशासनलाई मूल्य र तथ्यसँग तुलना गर्ने पनि गरिन्छ । तथ्यमा आधारित मूल्य तय गर्ने अर्थात् तथ्यमा आधारित निर्णय गर्ने प्रक्रियामा प्रशासन कसरी अगाडि बढ्नुपर्दछ ? यसका लागि राजनीति र प्रशासनबीचमा कस्तो सम्बन्ध हुनुपर्दछ ? लेख्नुहोस् ।
– राजनीति जनताबाट निर्वाचित संयन्त्र हो भने प्रशासन योग्यतामा आधारित छनोट प्रणालीबाट आएको संयन्त्र हो । राजनीतिले नीति निर्माण गर्दछ, प्रशासनलाई नेतृत्व प्रदान गर्दछ भने प्रशासनले नीति कार्यान्वयन गर्दछ । यी दुई काम राजनीतिले नीति निर्माण र प्रशासनले त्यसको कार्यान्वयन गरी मुलुकमा शान्ति, सुरक्षा, स्थायित्व एवम् सुशासन कायम गर्ने भएकाले यी दुवैलाई मूल्य र तथ्यसँग तुलना गर्ने गरिएको हो ।
– प्रशासन मूलतः ऐन–नियम कानुन कार्यान्वयन गर्ने संयन्त्र हो । यसले गर्ने कार्य ऐन नियमअनुरूप हुनुपर्दछ । प्रशासनले गर्ने निर्णय पनि कानुनबमोजिम हुनुपर्दछ । तथ्यमा आधारित निर्णय गर्ने प्रक्रियामा प्रशासन खासगरी देहायबमोजिम अगाडि बढ्नुपर्दछ :
— सूचना एवम् तथ्याङ्क सङ्कलन गरी सोहीअनुरूप निर्णय गर्ने,
— जनहितलाई ध्यानमा राखेर कार्य गर्ने,
— ऐन–नियम कानुनको पूर्ण पालना गर्ने गराउने,
— वास्तविक समस्या एवम् आवश्यकता पहिचान गरी समाधान गर्ने,
— ऐन–नियमले समेट्न नसकेका क्षेत्रमा कार्य गर्दा विवेकको न्यायिक प्रयोग गर्ने,
— राजनीतिलाई नीति निर्माणमा सहयोग गर्ने,
— राजनीतिप्रति तटस्थ रहने,
— सरकारका कार्यक्रमप्रति प्रतिबद्ध हुने,
— पेसागत मूल्य–मान्यता एवम् पदीय आचरणको पालना गर्ने,
यी र यस्तै गरी प्रशासन अगाडि बढ्नुपर्दछ । यसका लागि राजनीति र प्रशासनबीचमा निम्नानुसार सम्बन्ध हुनुपर्दछ :
— राजनीति नीति निर्माणमा जुट्नुपर्दछ, प्रशासन नीति कार्यान्वयनमा खट्नुपर्दछ ।
— नीति तर्जुमा गर्ने कार्यमा प्रशासनले राजनीतिलाई आवश्यक पर्ने सहयोग, सल्लाह, सुझाव, अनुभव, साधन–स्रोत उपलब्ध गराउनुपर्दछ । राजनीतिले प्रशासनलाई विश्वास गर्नुपर्दछ ।
— नीति कार्यान्वयन गर्न राजनीतिले प्रशासनलाई असल कार्य वातावरण तयार गरिदिनुपर्दछ ।
— राजनीतिले दलगत स्वार्थमा परी नीति निर्माण गर्नुहुँदैन, प्रशासनले व्यक्तिगत स्वार्थमा परी नीति कार्यान्वयन गर्नुहुँदैन । यी दुईबीच असल सम्बन्ध हुनुपर्दछ ।
सारमा भन्दा राजनीति र प्रशासन एक रथका दुई पाङ्ग्रा हुन् । जसरी दुई पाङग्राको सहयोग एवम् भूमिका नभई रथ अगाडि बढ्दैन, त्यसैगरी राजनीति र प्रशासनबीच सहयोग, समन्वय एवम् भूमिका नभई देश अगाडि बढ्न सक्दैन । त्यसकारण यी दुईबीच आपसी विश्वास एवम् समझदारी हुनुपर्दछ ।

५. नेपालको सन्दर्भमा सामाजिक विकृतिहरूको निराकरणका प्रमुख उपायहरूबारे लेख्नुहोस् ।
– सामाजिक विकृति समाज विकासका अवरोध हुन्, सामाजिक रोग हुन् । नेपालमा खासगरी छुवाछूत, दाइजो, लागूपदार्थ दुव्र्यसन, बालश्रम शोषण, चेलीबेटी बेचविखन, भ्रष्टाचार, अन्धविश्वास, देउकी, झुमा, कमैया, छाउपडीजस्ता सामाजिक विकृतिहरू देखिएको पाइन्छ । नेपालमा यस्ता विकृति मूलतः गरिबी र अशिक्षाका कारण भएको पाइन्छ । यसका लागि रोजगारीको सिर्जना तथा शिक्षा र जनचेतनाको विस्तार गरी यिनको निराकरण गर्नुपर्दछ, यसका अरू उपायहरू निम्न छन् :
– लंङ्गिक विभेद एवम् असमानता कम गर्ने,
– महिलामाथि हुने हिंसा घरदेखि नै अन्त्य गर्ने,
– दुर्गम सुगम सबै स्थानमा महिला शिक्षा तथा प्रौढशिक्षामा जोड दिने,
– संविधान, ऐन–नियम, कानुनले महिलालाई दिएका हक अधिकारहरू जानकारी गराउने र तिनको पालना गर्ने, गराउने,
– हिंसापीडित महिलाहरूको उद्धार र पुनःस्थापनाका लागि पर्याप्त स्रोत–साधनको व्यवस्था गर्ने,
– दाइजो, छुवाछूतजस्ता विकृति हटाउन सामाजिक अभियान सञ्चालन गर्ने,
– गरिबोन्मुख आर्थिक, सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
– समाज सुधारका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूबीच समन्वय कायम गर्ने,
कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्ने ।

६. नेपालमा स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायन रोक्न के गर्नुपर्ला ?
– युवा देश विकासका मुख्य पात्र र हिस्सेदार दुवै हुन् । युवा सुनिश्चित भविष्य चाहन्छन् । त्यसैगरी, युवाले जीवनोपयोगी शिक्षा, रोजगारीको सुनिश्चितता, भरपर्दो स्वास्थ्य सेवा, उद्यमका लागि पुँजी, स्थायित्व, खेलकुद, मनोरञ्जन र हरेक क्षेत्रमा पद्धतिले काम गर्ने परिपाटी भएको हेर्न चाहन्छन्, हो यही गर्न सकेमा युवाको विदेश पलायन रोक्न सकिन्छ । यसका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ :
– राजनीतिक एवम् नीतिगत स्थायित्व, सुशासन, भ्रष्टाचार निवारणमा जोड दिई मुलुकमा लगानी बढाउने, उद्योग, कलकारखाना विकास विस्तार गरेर पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने,
– उच्च तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, शैक्षिक संस्थाहरूको गुणस्तरमा सुधार गर्ने,
– प्राविधिक शिक्षामा जोड दिई कृषि, पर्यटन, जलविद्युत्, सडक, सिँचाइलगायतका भौतिक विकासका पूर्वाधार निर्माणमा युवा जनशक्ति परिचालन गर्ने,
– सार्वजनिक जीवनका सबै क्षेत्र (सडकदेखि सदनसम्म) सबैमा निष्पक्ष रूपमा स्वचालित काम हुने प्रणालीको विकास गर्ने,
– राजनीति, प्रशासन, उद्योग, व्यापारलगायतका सबै क्षेत्रमा युवा जनशक्तिलाई सहज प्रवेशको वातावरण तयार गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाहरूबाट युवालाई उद्यमका लागि सहज रूपमा पुँजी उपलब्ध गराउने व्यवस्था गर्ने ।

वस्तुगत प्रश्नोत्तर

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?
– आर्थिक वर्ष २०७६/०७७

२. अफगानिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा को विजयी बनेका छन् ?
– असरफ घानी

३. लमजुङ जिल्लास्थित माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति छ ?
– २५ मेगावाट 

४. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) द्वारा १४औँ एनएनआईसीए स्पोर्टस अवार्ड–२०७६ अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषित गरियो ?
– पुरुषतर्फ : विमल अधिकारी (पाराग्लाइडिङ)
– महिलातर्फ : निमा गुरुङ (तेक्वान्दो)
– राजेन्द्र चित्रकारलाई स्पोर्टस् जर्नालिस्ट अवार्ड र खेलपत्रकार प्रज्जल ओलीलाई स्पेसल अवार्डले सम्मानित गरिएको ।

५. ‘युनिटी जर्नल’ कुन सुरक्षा निकायद्वारा प्रकाशित जर्नल हो ?
– नेपाली सेना 

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?
– विक्रम संवत् २०७६ फागुन ८ 

७. ‘सफल बन्नका लागि होइन, बरु मूल्यवान बन्नका लागि सङ्घर्ष गर’ भन्ने विद्वान् को हुन् ?
– अल्बर्ट आइन्स्टाइन 

८. विसं. २०७६ फागुनमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
– चलचित्र बुलबुल 

९. काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ कहिलेदेखि गरिएको हो ?
– विसं २०७६ फागुन ५ 

१०. गण्डकी विश्वविद्यालयको कुलपतिमा कसलाई नियुक्त गरिएको छ ?
– प्रा.डा. गणेशमान गुरुङ 

११. राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ पुससम्म वाणिज्य बैङ्कका शाखा पुगेको स्थानीय तह कति रहेका छन् ?
– ७४५

१२. राष्ट्र बैङ्क इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७६ पुस मसान्तसम्म कति रहेको छ ?
– १६४ (वाणिज्य बैङ्क २७, विकास बैङ्क २४, वित्त कम्पनी २२, लघुवित्ती वित्तीय संस्था ९०, पूर्वाधार विकास बैङ्क १)

१३. सैनिक प्राड सेवा नियमावली–२०७४ अनुसार ‘सैनिक प्राड सेवा’ भन्नाले के बुझिन्छ ?
– नेपाली सेनामा कानुन तथा न्यायसँग सम्बन्धित कार्यसम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा 

१४. छैँटौँ विश्व सरकार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१८ फेब्रुअरी ११–१३, युएई 

१५. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
– सन् २०१८ जनवरी २६ 
– साइबर आक्रमणका घटनाहरूलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा छ ।

१६. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
– नेदरल्यान्डको हेग 

१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
– काभ्रे 

१८. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?
– १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)

१९. विश्वकै अग्लो झोलुङ्गे पुल कहाँ छ ?
– चीन (डुगे पुल)५६५ मिटर अग्लो

२०. नेपालको सबैभन्दा अग्लो पुल कहाँ छ ?
– हालसम्म नेपालको अग्लो पुलका रूपमा पर्वत सदरमुकाम कुश्मा र मुडिकुवा जोड्ने मोदीखोलामाथि निर्मित पुल 

२१. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
– विसं २०७५ भदौ १८ 

२२. ‘आफ्नो अन्तरआत्माको आज्ञाअनुसार काम गर्दा कुनै अकल्याण वा अमङ्गल हुँदैन’ भन्ने विचारक को हुन् ?
– लियो टाल्सटाय 

२३. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?
– भदौ ३ 

२४. सुमेरु परिषद् (आर्टिक काउन्सिल) का सदस्य राष्ट्र कति छन् ?
– आठ 
(अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड, स्वीडेन र रसिया ।)

२५. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ छ ?
– जुम्ला 

२६. ‘द मेटाफिजिक्स’ नामक किताबका लेखक को हुन् ?
– अरस्तु 

२७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
– जिम्बावे र जाम्बिया 

२८. युरोपको बिरामी भनेर कुन देशलाई भनिन्छ ?
– टर्की 

२९. यलम्बर कुन वंशका प्रथम राजा थिए ?
– किरात वंश 

३०. ट्रहोटे पर्व मुख्य रूपमा कुन जातिले मनाउने गर्छन् ?
– गुरुङ 

 


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस