२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर उठाउन शुरु

अ+ अ-

सप्तरी । मुस्लिम समुदायको तीनदिने धार्मिक सम्मेलन इज्तिमाका कारण दुर्गन्धित बनेको बोदे बर्साइन नगरपालिकाको जाँजरमा थुप्रिएको फोहर उठाउन सयौँ मानिस जुटेका छन् ।

नगरपालिकाको संयोजनमा इज्तिमा आयोजक समिति जाँजर, सेना, प्रहरी, सशस्त्र प्रहरी, राजविराज जेसीज, सप्तरी युथ नेपाल, ग्रिन नेपाल, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायत संघसंस्थाले सरसफाइ शुरु गरेका हुन् ।

यही फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका एक लाख बढी मुस्लिम समुदायको सहभागिता थियो । आयोजकले दुई हजार २०० शौचालय निर्माण गरे पनि सहभागी सङ्ख्या एक लाख बढी भएकाले आसपासका क्षेत्रमा खाना खाएका प्लेट, प्लाष्टिकका बोतल, गिलास र दिसाको थुप्रोले भरिएको छ ।

ठूलो परिमाणमा फोहरको डुङ्गुर जम्मा भएर दुर्गन्ध फैलिएपछि आसपासका मानिस बिरामी पर्न थालेका र झिँगा, लामखुट्टेको प्रकोप बढेको स्थानीय मिस्टर मलङगले बताए । दुर्गन्ध फैलिएर कार्यक्रमस्थल आसपास बस्न कठिन भएको भन्दै उनले तत्काल उचित व्यवस्थापन नभए महामारी फैलिन सक्ने चेतावनी दिए ।

एक सयभन्दा बढी बिघा क्षेत्रफलमा फोहर थुप्रिएकाले नगरपालिकाले मात्रै सरसफाइ गरेर सम्भव नहुने देखेपछि सबैलाई सरसफाइ कार्यक्रममा जुट्न नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख आतेशकुमार सिंहले आग्रहअनुसार सरसफाइ कार्यक्रममा सहयोग र साथ दिनुहुने सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

ट्याक्टर र १० वटा हाते पम्पबाट भि भ्याक्स औषधि छर्कने, खाना र शौचालय पुर्ने तथा फोहर सङ्कलन गरी आगोले नष्ट गर्ने कार्य भइरहेको छ । स्वयंसेवी, अभियन्ता तथा प्रहरीको सामूहिक सहभागितामा निरन्तर सरसफाइ अभियान भएमा फोहर व्यवस्थापन गर्न करिब एक महिना लाग्ने सरसफाइ अभियानमा सहभागी राजविराज जेसीजका इमरान अलीले बताए ।

प्रतिक्रिया दिनुहोस