वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


हेटौँडा । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर प्रदेशको बासिन्दाको सम्मान, सुरक्षा र व्यवहारको व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिमा पूर्ण छलफलको लागि पठाउन प्रस्ताव प्रस्तुत गरे ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालको तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्व फुयाँलले प्रदेशमा युवा परिषद् गठन गर्ने ऐन, २०७६ लाई छलफलको लागि प्रस्ताव प्रस्तुत गरे ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले यही चालू आवभित्रै काठमाडौँ जिल्लाको टोखा, बूढानीलकण्ठ र पशुपतिनाथ क्षेत्रको वनकालीमा तत्कालै काञ्जी हाउस बनाई छाडा पशुपक्षीहरुलाई व्यवस्थित रूपबाट राख्न लागेको बताए ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकको विशेष समयमा बोल्नुहुने सदस्यले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेको संवाद अडियो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । प्रदेशसभाको अर्को बैठक भोलि फागुन १२ गते अपराह्न ३ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस