२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उछाल, ७० अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो ।

लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुपर्‍यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो । सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो । कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आज उकालो लागे । बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको मात्रै रु १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स रु १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी रु १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष रु नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको रु नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९६, एनएमबी बैंक ९.९३, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९१, मेगा बैंक ९.९१, आरएसडिसी लघुवित्त वित्तीय संस्था ९.८९ र एभरेष्ट बैंकका शेयरधनीले ९.८९ प्रतिशतले कमाए ।

त्यस्तै तारागाउँ रिजेन्सी होटल ५.६८, वरुण हाइड्रोपावर ५.०५, पञ्चकन्या माई हाइड्रोपावर चार, नेशनल हाइड्रोपावर ३.१२, जोशी हाइड्रोपावर ३.०७ र ओरियन्टल होटलका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस