संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल - प्रशासन प्रशासन
prasaLogo
११ फाल्गुन २०७६, आईतवार

संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल


प्रकाशित मिति : 23 February, 2020 4:29 pm

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङचन्द्र र नेता खिमलाल देवकोटा छन् ।

यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त राखेर उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस