काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


नयाँ दिल्ली । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।

दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस