२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूर ओखर खेतीको लागि प्रचुर सम्भावना युक्त ठाउँ हो : यज्ञराज जोशी

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला ओखर खेतीको लागि प्रचुर सम्भावना युक्त ठाउँ रहेको कृषि विकास निर्देशनालय दिपायलकाका निर्देशक यज्ञराज जोशीले बताएका छन् ।

कृषि विकास निर्देशनालय दिपायलले बिहीबार राजपुरमा आयोजना गरेको तिन पहाडी जिल्ला डोटी, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि, कृर्षि शाखाका कर्मचारी, किसानहरू सँगको प्रदेश स्तरीय ओखर बाली प्रवर्द्धनका लागि अन्तरक्रिया गोष्ठीमा बोल्दै निर्देशक जोशीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक जोशीले भने सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर बाहेकका अन्य सात पहाडी जिल्लाको भौगोलिक बनावट हावापानीको आधारमा हेर्दा सबै स्थानहरू ओखर खेतीको लागि प्रचुर सम्भावना युक्त ठाउँ हुन् । ओखर खेतीको बिस्तार प्रवर्द्धन गर्न किसानहरू जागरूक हुनु आवश्यक छ ।

यस वर्ष ३० लाखको लागतमा बैतडीको सतबाँझमा हाई–टेक नर्सरी निर्माण गरी ओखरका बोट उत्पादन गर्ने तयारी भइरहेको समेत निर्देशक जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लामा हिउँदे फलफूल बालीहरू खास गरी ओखर जस्ता सुख्खा फलफूल बालीहरूको र तराईका जिल्लाहरूमा तरकारी र दलहन बालीको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव खगेन्द्रप्रसाद शर्माले बताए ।

फलफूल बालीहरूको गुणस्तरीय कलमी एवं बीज बिरुवाहरू प्रदेश भित्रै उत्पादन गराउन सरकारी एवं निजी नर्सरीहरूको स्थापना र सुदृढीकरणमा सहयोग पुर्‍याउन, आधुनिक प्रविधिहरू अवलम्बन लागि सहयोग पुर्‍याउने प्रदेश सरकारको सोच तथा नीति रहेको समेत शर्माले बताए ।

कार्यक्रमका सहभागीहरूले किसानहरूले आवश्यक मागअनुसारका ओखरका बिरुवा सरकाले उपलब्ध गराउने वातावरण बनाउनु पर्ने, , रोपेका ओखरका बोटहरूलाई जोगाउन र रोगबाट बचाउन तालिमको ब्यवस्थाहुनुपर्ने,फलफूल खेतीमा उत्सुक व्यवसायी रूपमा गर्ने किसानहरूलाई आवश्यक अनुदानको व्यवस्था, भ्रमण र तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

नेपालको हावापानी अनुसार ओखर खेती १ हजार देखि ३ हजार मिटर उचाइ सम्म गर्न सकिने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस