बास्कोटाको अडियोबारे अध्यक्षद्वयबीच छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बास्कोटाको अडियोबारे अध्यक्षद्वयबीच छलफल


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको अडियो प्रकरणबारे अध्यक्षद्वयबीच छलफल भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले जनाएको छ । बास्कोटा विभिन्न कार्यक्रमको लागि काठमाडौं बाहिर भएकाले उनले काठमाडौं फर्किएपछि यसबारे सोधपुछ गर्ने र के गर्ने भन्ने कुराको निर्णय गर्ने, भन्ने बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस