प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र सईसहित चार जना विरुद्ध मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र सईसहित चार जना विरुद्ध मुद्दा


७ फाल्गुन २०७६, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र नेपाल प्रहरीका असईसहित चार जना विरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले नगरको सूचना र विज्ञापन दिने क्रममा एक लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएको, सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर दिलीपकुमार साहले गाउँपालिकामा विद्युत् प्रसारण लाइन र ट्रान्सफर्मर जडानका क्रममा २ लाख ३० हजार रुपैयाँ घूस लिएको, जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाका तत्कालीन प्रहरी नायव निरीक्षक(सई) मुकुन्दप्रसाद उपाध्याय(ढकाल) ले सेवा प्रवेश गर्ने क्रममा पेस गरेको प्रमाणपत्र नक्कली रहेको छानबिनबाट पुष्टि भएसँगै आयोगले मुद्दा दायर गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी सिराहाको इलाका प्रहरी कार्यालय, सुखीपुर सिराहाका प्रहरी राजकुमार यादव विरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस