राष्ट्रपतिद्वारा ३२९ जनाको कैद माफी (पत्र सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा ३२९ जनाको कैद माफी (पत्र सहित)


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसमेत ३२९ जनालाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने सो दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस