पृतनापति समन्वयात्मक बैठक सम्पन्न « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पृतनापति समन्वयात्मक बैठक सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ ।

काठमाडौंस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरुको प्रगति समीक्षा, मुल्याङ्कन र विश्लेषण भएको सेनाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौती एवं सुझाव संकलन लगायतका बारेमा पनि छलफल भएको सेनाले जनाएको छ ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाबाट नेपाली सेनाको नीति तथा योजना निर्माणमा थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले गरेको छ ।

बैठकको समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउन प्रयोगमा ल्याइएका संयन्त्र तथा नीति नियमका बारेमा जानकारी गराएका थिए ।

प्रधानसेनापति थापाले सेनासँगको श्रोत र एकीकृत क्षमताको पक्षलाई संगठनको दीर्घकालीन हित हुने तवरले सोच्नु पर्ने भन्दै उक्त अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनु पर्ने बताए ।

बैठकमा पीएसओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस