घरमा बम राखेर पैसा माग्ने सेनाका अवकाश प्राप्त हवल्दार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरमा बम राखेर पैसा माग्ने सेनाका अवकाश प्राप्त हवल्दार पक्राउ


६ फाल्गुन २०७६, मंगलबार


पक्राउ

काठमाडौं । व्यक्तिको घरमा बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की छन् ।

सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेका थिए ।

तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको थियो । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस